२० आश्विन २०८१, आइतबार

नेपालमा राजनीतिक संकट गहिरिएका बेला चीनका उच्च अधिकारीको टोली काठमाडौंमा

प्रकाशित मिति :  27 December, 2020 2:49 pm


काठमाडौं,१२ पुस ।

नेपालमा प्रतिनिधि सभा विघटन भएर राजनीति तरल बनिरहेका बेला चीनका उच्च अधिकारीको टोली काठमाडौं ओर्लिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगेको हो ।

चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ र उच्चस्तरीय राजनीतिक भेटवार्ता तय भएको छ । नेकपा विभाजनपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अझै एकताको सम्भावनाबारे छलफल गरिरहेकी छन् ।

काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ। यसअघि मंसिर १४ गते चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाल भ्रमणमा आएका थिए । दुईमहिनाभित्र यो चिनको अर्को उच्चस्तरीय राजनीतिक भ्रमण हो ।



प्रतिक्रिया दिनुहोस !