२० आश्विन २०८१, आइतबार

संखुवासभामा विप्लव नेतृत्वको नेकपा र प्रहरीबीच गोली हानाहान

प्रकाशित मिति :  27 December, 2020 7:39 pm


 

काठमाडौं,१२ पुस ।

संखुवासभामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र प्रहरीबीच गोली हानाहान भएको छ ।

चैनपुरमा नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले जानकारी गराएका छन् । चैनपुर–४ मैदानेमा नेकपाका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको मल्लको भनाई छ ।

डिएसपी मल्लले विप्लवका कार्यकर्ताले ५ राउण्ड गोली प्रहार गरेको बताए । प्रहरीले २० राउण्ड फायर गरेको उनले बताए । ०७७ मंसिर १ मा पनि चैनपुरस्थित मैदानेमै विप्लवका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरेका थिए ।

आजपनि सोही ठाउँमा गोली हानाहान भएको थियो । पछिल्लो समय नेकपाले प्रहरीले पिछा गरे प्रतिकार गर्ने चेतावनी दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !