२० आश्विन २०८१, आइतबार

चिनियाँ प्रतिनिधि मण्डल उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त

प्रकाशित मिति :  28 December, 2020 12:26 pm


 

काठमाडौं,१३ पुस ।

हिजो काठमाडौं ओर्लिएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त छ । आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग झण्डै डेढ घण्टा भेटघाट गरेको छ ।

भेटवार्ताको सुरुमै अध्यक्ष प्रचण्डलाई चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै सत्तारुढ नेकपा विभाजित भएपछि चिनियाँ उच्चस्तरीय राजनीतिक टोली नेपाल आएको हो।

चिनियाँ टोलीको भ्रमणबारे कुनै औपचारिक जानकारी गराइएको छैन । टोलीले हिजो नै साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारी र राती प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेको थियो।

उक्त टोलीले अहिलेपनि भेटघाट जारी राखेको छ । नेकपा विभाजनप्रति चिनियाँ पक्ष सन्तुष्ट छैन । चिनियाँ प्रतिनिधि मण्डल काठमाडौं आउनु अघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाको एकताको सम्भावनाबारे शिर्ष तहमा एक चरण छलफल गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !