४ आश्विन २०८१, शुक्रबार

७ सयले उकालो लाग्यो सुनको मूल्य

प्रकाशित मिति :  28 December, 2020 12:46 pm


काठमाडौं, १३ पुस।

बजारमा आज सुनको मूल्य प्रतितोला ७ सयले उकालो लागेको छ ।

शुक्रबार र आइतबार तथष्ट रहेको सुनको मूल्यमा आज एकै पटक वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हजार २ सय रहेकामा आज प्रतितोला ९४ हजार ९ सय पुगेको छ । यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७ सय रहेकामा आज ७ सयले वृद्धि भई ९४ हजार ४ सयमा कारोवार भएको छ ।

त्यस्तै चाँदी आज प्रतितोला १ हजार ३ सय १५ मा कारोवार भएको छ । चाँदी आइतबार १ हजार २ सय ८० मा कारोवार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !