४ आश्विन २०८१, शुक्रबार

पदभार ग्रहण गरेको दोस्रो दिनमै उर्जामन्त्री रायमाझीलाई भेटर भारतीय राजदूतको बधाइ

प्रकाशित मिति :  28 December, 2020 1:19 pm


 

काठमाडौं,१३ पुस ।

नवनियुक्त उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेर बधाई दिएका छन् ।

हिजो मात्रै पदभार ग्रहण गरेका रायमाझीलाई भारतीय राजदूत क्वात्राले आज कार्यकक्षमै पुगेर बधाई दिएका हुन् । भेटबारे राजदूत क्वात्राले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।

क्वात्राले भेटका क्रममा उर्जामन्त्री रायमाझीसँग संयुक्त परियोजनाहरूको कार्यान्वयन सहित द्विपक्षीय उर्जा र उर्जा सहयोग लिनेबारे छलफल गरेको समेत जानकारी गराएका छन् ।

पूर्व माओवादी नेता रायमाझी नेकपा विभाजनपछि प्रचण्ड नेपाल समूह छोडेर ओली समूहमा लागेपछि मन्त्रीको जिम्मेवारी पाएका छन् ।

उनले पदभार ग्रहण गर्नेवित्तिकै अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको पक्षमा रहेको र यसलाई कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए । तर नेपालमा एसमसीसीको विरोध भइरहेको छ भने यसमा भारतको स्वार्थ रहेको टिप्पणी हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !