२ माघ २०८१, बुधबार

रोल्पाको रुन्टीगढी गाउँपालिकाभित्र चक्रपथ निर्माणका लागि प्रस्ताव

प्रकाशित मिति :  29 December, 2020 7:40 am


रोल्पा ।

रोल्पाको रुन्टीगढी गाउँपालिकाभित्र चक्रपथ निर्माणका लागि प्रस्ताव गरिएको छ ।

गाउँपालिकाको गुरुयोजना मस्यौदा प्रस्तुतिकरण अन्तर्गत १०५ किलोमिटर बराबरको चक्रपथको प्रस्ताव गरिएको हो । अहिले नै गाउँपालिकाको कार्यालयमा ८७ किलोमिटर सडक निर्माणको माग भएको छ । गाउँपालिकाले हिजो मात्रै यातायात गुरुयोजना मस्यौदामाथि छलफल गरेको छ ।

अहिलेसम्म गाउँपालिका अन्तर्गत रुन्टीगढीको वडा नम्बर ४ मा ३९.२७ किलोमिटर र वडा नम्बर २ मा ४०.३५ किलोमिटर सडक निर्माण भएको छ । वडा नम्बर ६ मा सबैभन्दा धेरै ८० किलोमिटर सडक निर्माण भएको गाउँपालिकाको तथ्याङ छ ।

अझै ८७ किमी नयाँ सडक बनाउने माग आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले अहिलेसम्म गाउँपालिकाभित्र झण्डै ९० प्रतिशत क्षेत्रमा सडक विस्तार भएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष बुढाले अहिले पनि धेरै वजेट नै सडकमा भएको हुँदा आएका सुझावलाई आत्मसाथ गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !