२० आश्विन २०८१, आइतबार

संसद विघटन विरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले देशभर प्रर्दशन गर्दै

प्रकाशित मिति :  29 December, 2020 8:39 am


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ ।

केन्द्रीय राजधानी काठमाडौंमा ५० हजार भन्दा बढी कार्यकर्ता उर्ताने प्रचण्ड माधव नेपालको दाबी छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर भृकृटीमण्डपमा जम्मा हुने कार्यक्रम तय भएको सो समूहले जनाएको छ । प्रचण्ड नेपाल समूहका अनुसार टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शाल,रत्नपार्क, त्रिचन्द्र क्याम्पस अगाडि र प्रदर्शनीमार्गबाट जुलुस निकालिने युवा संघ अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । भृकृटीमण्डपमा हुने सभालाई शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड(माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् । दुबै समूहले केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा विचाराधिन छ भने आधिकारिकताको बिवाद टुंगाउने तयारीमा निर्वाचन अयोग लागिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !