१४ कार्तिक २०८१, बुधबार

संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-नेपाल समूहद्धारा देशभर विरोध प्रदर्शन सुरु

प्रकाशित मिति :  29 December, 2020 12:46 pm


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन सुरु गरेको छ ।

केन्द्रीय राजधानी काठमाडौंमा ५० हजार भन्दा बढी कार्यकर्ता उर्ताने प्रचण्ड माधव नेपालको दाबी छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सुरु भएको छ । ति जुलुसहरु भृकृटीमण्डपमा जम्मा हुने छन् । भृकृटीमण्डपमा हुने सभालाई शिर्ष नेताहरुले सम्बोधन  गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड९माधव दुवै समूहले आधिकारिक नेकपा आफूहरु रहेको दाबी गर्दै आएका छन् । दुबै समूहले केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । संसद विघटनविरुद्ध परेका रिटहरुमा सर्वोच्चमा विचाराधिन छ भने आधिकारिकताको बिवाद टुंगाउने तयारीमा निर्वाचन अयोग लागिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !