२० आश्विन २०८१, आइतबार

नेकपा विभाजनको असर प्रदेशमा : सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्त

प्रकाशित मिति :  29 December, 2020 2:08 pm


धनगढी ।

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन्।

उनी प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली समूहका हुन् । पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूहका मुख्यमन्त्री भट्टले बोहोरालाई पदमुक्त गरेका हुन्।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका बोहोरा २०७४ साल फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।

बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री थिए। पदबाट हटाइदा संघीय राजधानी काठमाडौँमा थिए । पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै नेकपा विभाजित भएपछि बागमती प्रदेश र प्रदेश १ मा प्रचण्ड नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएका छन र मन्त्रीहरुले राजिनामा दिएका छन् ।

पार्टीविभाजनसँगै सदूरपश्चिम प्रदेशमा पनि त्यसको प्रभाव परहेको छ । अहिलेसम्म लुम्बिनी प्रदेश,गण्डकी प्रदेश र प्रदेश २ मा मात्रै सरकार विवाद देखिएको छैन । प्रदेश दुई बाहेक अन्य प्रदेशमा नेकपाको सरकार छ ।



प्रतिक्रिया दिनुहोस !