२० आश्विन २०८१, आइतबार

केपी शर्मा ओलीमा कम्युनिष्टको कुनै आचरण छैन : माधव नेपाल

प्रकाशित मिति :  29 December, 2020 5:51 pm


काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्टको कुनै आचरण नभएको टिप्पणी गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गर्दै ओलीले विधि,पद्धती, सांगठनिक मूल्य मान्यता कुनैको मतलतब नभएको बताए । ओलीका कारण जनतालाई सुख कम, दुःख ज्यादा पाएको, मान कम, अपमान ज्यादा सहेको बताए । ओलीले म्यानुपुलेसनमा विश्वास गर्ने गरेको र एकै दिन धेरै कार्ड खेल्ने गरेको बताए ।

उनले ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको समेत बताए । ओलीलाई मौका दिनकै लागि पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको अध्यक्ष नेपालको भनाई थियो ।

अध्यक्ष नेपालले असंवैधानिक कदमबाट पछि हटेर प्रतिनिधि सभा पुनर्स्थापना गर्न तयार भए सबै विषयमा छलफल गर्न तयार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !