५ आश्विन २०८१, शनिबार

एसईईको आवेदन फारम खुल्यो,कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न सूचना

प्रकाशित मिति :  30 December, 2020 8:46 am


काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ। बोर्डले आज सूचना निकाल्दै बोर्डको परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालमा सञ्चालन हुने कक्षा १० को एसईईमा समावेश हुन आवेदन फारम खुलेको जानकारी गराएको हो ।

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरिएको बोर्डले जनाएको छ ।

सूचनाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ। आवेदन फारमका लागि प्रतिविद्यार्थी पाँच सय रूपैयाँ तोकिएको छ ।
यस्तै बोर्डले कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना जारी गरेको छ । रजिष्ट्रेशनका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्ने सूचनामा उल्लेख छ । एसईईबारे अन्योल भइहँदा बोर्डले सूचना जारी गरेको हो ।

कोरोना भाइरसका कारण गतवर्ष स्थगित गरिएको एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो। कोरोनका कारण अहिलेपनि धेरैजसो विद्यालयहरु सञ्चालनमा आउन सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस !