२० आश्विन २०८१, आइतबार

नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने खतरा पैदा भयो : प्रचण्ड

प्रकाशित मिति :  30 December, 2020 10:44 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेको बताएका छन् ।

पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

तमू (गुरुङ) समुदायको तमू ल्होछा/रल्होसार, किरात समुदायको उधौली र नेवार समुदायको योमरी पुन्हिको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले भनेका छन्,”यतिखेर जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेका छन् । पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको छ । आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको छ ।”

आ–आफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइदै आएका यी चाडपर्वहरु यो वर्ष कोरोना भाइरस ९कोभिड–१९० को महामारीलाई मध्यनजर गर्दै पूर्व सावधानीका उपाय अवलम्बन गर्दै मनाउन सबैमा आग्रह पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !