३ आश्विन २०८१, बिहिबार

बागतमती प्रदेशमा नेकपा प्रचण्ड-नेपाल समूहको संसदीय दलको नेतामा अष्ठलक्ष्मी शाक्य

प्रकाशित मिति :  30 December, 2020 2:26 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ।

प्रचण्ड-नेपाल पक्षका बागमती प्रदेश सांसदको नेकपा कार्यालय पेरिशडाँडामा बसेको बैठकले डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको हो। शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरि उक्त समूहले पौडेल विरुद्ध अविश्वास प्रस्ताव पनि प्रदेश सभामा दर्ता गरिसकेको छ। बागमती प्रदेशमा आफ्नो पक्षमा ४६ सांसद रहेको प्रचण्ड नेपाल समूहको दाबी छ ।

मुख्यमन्त्री पौडेल पक्षमा ३४ सांसद छन्। बहुमतका लागि थप १० सांसद प्रचण्ड(नेपाल समूहलाई समूहलाई आवश्यक पर्दछ। नेकपा विभाजनपछि ओली नेपाल समूहले बागमती प्रदेशमा पहिलो अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । पुस १० गते अविश्वासको प्रस्ताव प्रस्ताव दर्तासँगै तीन मन्त्रीले राजिनामा दिएका थिए ।

राजिनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल थिए ।

प्रतिउत्तरमा ओली समूहले पनि हिजो मात्रै संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र प्रमुख सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएको थियो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री पौडेलले संसदीय दलको नेताको हैसियतमा दुई नेतालाई पदबाट हटाएका हुन् । अहिले मुख्यमन्त्री प्रस्ताव गरिएकी शाक्य सुरुमै दाबेदार थिइन् तर ओलीले पौडेललाई मुख्यमन्त्री बनाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !