२० आश्विन २०८१, आइतबार

प्रचण्डले षड्यन्त्रकारी प्रवृत्ति छोड्न मानेनन् : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  30 December, 2020 5:55 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई षड्यन्त्रकारी प्रवृत्ति छोड्न भने पनि नमानेको बताएका छन् ।

प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रीत रहेको भन्द्रै प्रधानमन्त्री ओलीले भने,”मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने, वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षणिपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नु पर्ने होइन ?”

काठमाडौंमा सुदूरपश्चिमका कार्यकर्ताको भेलामा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई जति सम्झाउदा पनि नभएको उल्लेख गरे । उनले भने,”षड्यन्त्रकारी प्रवृत्ति छोड्नुस् भनेर मैले उहाँलाई सम्झाएँ। राजनीति धोका मात्र होइन इमान्दारिताका साथ जनताका सेवा गर्नू हो भनेँ, तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै।”

सरकारका काममा प्रचण्डले सहयोग नगरेको ओलीको आरोप थियो । आजित भएर आफूले संवैधानिक परिषद अध्यादेश ल्याएको ओलीको जिकीर छ।

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको टिप्पणी गरे । उनले भने,”माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।’ पूर्वप्रधानमन्त्री नेपाल कार्यकर्ता हुन प्रचण्डसँग गएको उनको आरोप छ ।”



प्रतिक्रिया दिनुहोस !