४ आश्विन २०८१, शुक्रबार

रोल्पामा ओली र प्रचण्ड-नेपाल समूहका मन्त्री मिलेर शिलन्यास, सुलिचौर-थवाङ सडकको कालोपत्रे सुरु

प्रकाशित मिति :  30 December, 2020 6:15 pm


फोटो : दिया के.सी.को फेसबुकबाट

रोल्पा । रोल्पाको सुलिचौर-पोबाङ-थबाङ सडक खण्ड कालोपत्रे सुरु भएको छ ।  पूर्वी रोल्पाकै ‘लाइफलाइन’ मानिएको सुलिचौर-पोबाङ-थबाङ सडक खण्डको कालोपत्रे सडक आजदेखि सुरु भएको हो ।

कालोपत्रेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल,आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी. र भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले संयुक्त रुपमा सडकको शिलान्यास गरेका छन् ।

मुख्यमन्त्री पोख्रेल र मन्त्री चौधरी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को ओली समूहका नेता हुन् भने आन्तरिक मामिला मन्त्री के.सी. प्रचण्ड-नेपाल समूहमा छन् । नेकपा विभाजनपछि दुबै समूहपक्षबीच अर्को आरोप प्रत्यारोप चलिरहेका बेला फरक समूहमा बाँडिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेल र आन्तरिक मामिला मन्त्री के.सी.ले संयुक्त रुपमा सडक कालोपत्रेको शिलन्यास गरेका छन् ।

१५ं.५३ किलोमिटर सडकको कालोपत्रे २०७९ जेठ २६ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ३४ करोड रुपैयाँ लागत अनुमान गरिएको सडकलाई कन्काई बिल्डर्सले २१ करोड ६३ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्ने गरी सम्झौता गरेको छ ।

समपूरक अनुदानका रुपमा यो आयोजना अगाडि बढाइएको मुख्यमन्त्री पोखरेलले बताए । यसै क्षेत्रका लागि ६ करोड लागतमा अर्को आयोजनाको समेत तयारी मुख्यमन्त्री पोखरेलले जानकारी गराए । यस सडक खण्डअन्तर्गत पुल निर्माण ,पहिरो नियन्त्रण तथा सडक सुरक्षाजस्ता आयोजना पनि समावेश गरिएको छ ।

शिलान्यास कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सीले यो सडक रणनीतिक हिसाबाले निकै महत्वपूर्ण भएकाले तीन वर्षदेखि आफू र लुम्बिनी प्रदेशले विशेष चासो राखेर यो योजनाको थालनी भएको बताए । उनले भने, सुनको सिरानी हालेर अनेक कठिनाइमा गुज्रिएको यस क्षेत्रले अब सुगमताको पनि सुखानुभूति गर्ने दिन आएकोमा गर्व गर्नुपर्छ । मन्त्री के.सी.ले चुनावी प्रतिबद्धताका आफ्ना केही बाचा पुरा भएकाले यसमा स्थानीयले पनि सहयोग गर्न अपील गरे ।
त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले कालोपत्रे गर्न बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीयलाई विकास निर्माणको काममा अबरोध नगरी सहयोग गर्न आग्रह गर्नुभयो । त्यस्तै रोल्पाको पूर्वी क्षेत्रमात्र नभई पश्चिमको शहीद मार्गलाई पनि स्तरोन्नति गर्ने लक्ष्य राखिएको कार्यक्रममा जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !