३ आश्विन २०८१, बिहिबार

प्रचण्ड-नेपाल समूहमाथी मुख्यमन्त्री पोख्रेलको टिप्पणी: सडकबाट सरकार बन्दैन

प्रकाशित मिति :  30 December, 2020 7:17 pm


रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सडकबाट सरकार नबन्ने टिप्पणी गरेका छन् ।

नेकपाको प्रचण्ड-नेपाल समूहलाई लक्षित गर्दै मुख्यमन्त्री पोख्रेलले सडकबाट सरकार नबन्ने बताएका हुन । उनले निर्वाचनको मिति घोषणा भइसकेको बताउँदै उनले चुनावमा जाने हिम्मत देखाउन प्रचण्ड(नेपाल समूहलाई आग्रह समेत गरेका छन् ।

रोल्पाको सुलिचौरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोख्रेलले प्रचण्ड-नेपाल समूहले प्रथम अध्यक्षमाथि संगीन आरोप लगाएर पदच्यूत गर्ने षडयन्त्र गर्दा, त्यो षड्यन्त्र नै आजको संकटको कारक भएको दाबी गरे । उनले भने,पार्टी एकताको मर्म, पार्टी विधानलाई बेवास्ता गरेर, आम जनता र कार्यकर्ताको भावनालाई लत्याएर पार्टी विभाजन गर्ने काम प्रचण्डको अगुवाईमा भयो।”

नेता पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदम संविधान सम्मत भएको समेत दाबी गरे । भेलामा उनले भने ूरोल्पा परिवर्तनको पक्षमा छ। त्यसको परिणाम स्थानीय तहको चुनावमा पनि देखिसक्यो। प्रदेश सरकारले रोल्पामा थुप्रै बिकासका कामलाई प्राथमिकता दिएको छ।ू

भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह(ईन्चार्ज बैजनाथ चौधरी, केन्द्रीय सदस्य गोकुल घर्ती, केन्द्रीय सदस्यहरु कुमार दसौदी, शान्तकुमार वली, बालाराम बुढा, ईश्वरी जिएमलगायतका नेता र नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० रोल्पा क्षेत्र नं। १ का कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !