५ आश्विन २०८१, शनिबार

तीन दिनसम्मको मौसमी अनुमान : कतै हल्का वर्षाको सम्भावना कतै हुस्सु र कुहिरो

प्रकाशित मिति :  31 December, 2020 7:51 am


काठमाडौं ।  हाल देशभर पश्चिमी वायुको समान्य प्रभाव देखिदा पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा समान्यतया सफा रहेको छ ।

आजदेखि तीन दिनसम्मको मौसमी अनुमान सार्वजनिक गर्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले आगामी २४ घण्टामा तापक्रम चिसो रहिरहने भएकाले चिसोबाट बच्न तथा तराई पहाडी भूभागका केही स्थानमा विहानी पख हुस्सु कुहिरोका कारणले वायुको पारदर्शितामा कमी हुने बताएको छ ।

यस्तो अवस्थामा सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष  गते (बिहीबार)

दिउँसो :  प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य  बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश १ मा आंशिक बदली, सुदुरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष  गते (शुक्रबार)

दिउँसो : प्रदेश १ र  सुदुरपश्चिम प्रदेश का पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भाग साथै सुदुरपश्चिम प्रदेशमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष  गते (शनिबार)

दिउँसो :  लुम्बिनी, सुदुरपश्चिम र कर्णाली  प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ।

राती :  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  सुदुरपश्चिम प्रदेशका १-२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

तापक्रम चिसो रहिरहने हुनाले चिसोबाट बच्न तथा तराई / पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।



प्रतिक्रिया दिनुहोस !