२५ कार्तिक २०८१, आइतबार

यमनमा नयाँ मन्त्रिपरिषदका सदस्य चढेको विमान अवरण गर्ने वित्तिकै आक्रमण, कम्तिमा २२ जनाको मृत्यु

प्रकाशित मिति :  31 December, 2020 11:33 am


काठमाडौं । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा बम आक्रमण हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा धेरै घाइते भएका छन् ।

सुरक्षा अधिकारीहरुका अनुसार मन्त्रिपरिषदका नयाँ सदस्य लिएर छिमेकी मुलुक साउदी अरबबाट आएको विमान अवरण गर्ने वित्तिकै आक्रमण भएको थियो । मारिनेमा विमानस्थलका कर्मचारी तथा अधिकारीहरु छन् । यमनका प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरु सुरक्षित रहेको बताएका छन् ।

त्यहाँका सूचना मन्त्रीले आक्रमणमा हूती विद्रोहीको हात हेको भन्दै घटनालाई कायरतापूर्ण भनेका छन् । मन्त्री इरियानीले ट्वीट गर्दै भनेका छन्,“हामी हाम्रा समर्थकलाई आश्वस्त पार्न चाहन्छौं कि मन्त्रिपरिषद्का सदस्यहरु सुरक्षित छन् र विमानस्थलमा इरान समर्थित हूती विद्रोहीको कायरतापूर्ण आक्रमणले हामी हाम्रो जिम्मेवारीबाट पछि हट्ने छैनौ र हाम्रो जीवन अन्य यमनीको तुलनामा धेरै मूल्यवान छैन ।”

यमनका प्रधानमन्त्री मीन अब्दुलमालिकले अदन विमानस्थलमा भएको भएको घातक हमलालाई “विश्वासघाती” र “डरपोक” भनेर निन्दा गरेका छन् । विस्फोटको कुनै समूहले विस्फोटको जिम्मेवारी लिएको छैन। सरकारी विमानमा रहेका कसैलाई चोट नलागेको अलजजिराले जनाएको छ ।

उक्त आक्रमणको केही घण्टा पछि राष्ट्रपति भवनमा दोस्रो विस्फोटनको आवाज सुनिएको थियो। त्यहाँ प्रधानमन्त्री अब्दुलमालिक लगायतका मन्त्रिपरिषद्का सदस्यहरू र यमनका लागि साउदी राजदूतलाई सुरक्षित ठाउँमा लगिएको थियो ।



प्रतिक्रिया दिनुहोस !