३ आश्विन २०८१, बिहिबार

प्रचण्ड-नेपाल समूहले प्रदेश १ संसदीय दलको नेताबाट शेरधन राईलाई हटायो

प्रकाशित मिति :  31 December, 2020 12:41 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।

आज बसेको प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकले राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको हो । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड-माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बागमती प्रदेशमा हिजो मात्रै उक्त समूहले संसदीय दलको नेताबाट डोरमणी पौडेललाई हटाएर अष्ठलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको थियो ।

प्रदेश १ मा प्रचण्ड नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !