५ आश्विन २०८१, शनिबार

आन्दोलनरत पत्रकार र कारोबार दैनिकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

प्रकाशित मिति :  31 December, 2020 1:43 pm


काठमाडौं । आन्दोलनरत श्रमजीवी पत्रकार र कारोबार दैनिक बीच सहमति भएको छ । ७ महिनाभन्दा पहिलेदेखि आन्दोलनरत पत्रकार र कारोबार दैनिकबीच ४ बुँदे सहमति भएको हो ।

सहमति भए अनुसार निष्काशित पत्रकारहरु पुर्नवहाली गर्ने, स्वेच्छिक राजीनामाका लागि पेश हुने निवेदन सञ्चार प्रतिष्ठानले स्वकिार गर्ने, श्रमजीवी पत्रकार ऐन,नियम बामोजिम सेवा सुविधा वापतको रकम भुक्तानी गर्ने र श्रम अदालतमा दायर भएको मुद्दा फिर्ता लिने सहमति भएको हो ।

नेपाल पत्रकार महासंघको मध्यस्थतामा भएको सहमतिमा श्रमजीवी पत्रकारहरुको ऐन,नियम र न्यूनतम पारिश्रमिक दिने व्यवस्था कार्यान्वयन गर्ने, सञ्चार प्रतिष्ठानबाट स्वेच्छिक अवकाश लिन चाहनेलाई ऐन नियम बमोजिम प्राप्त हुने सेवा सुविधा वापतको रकम भुक्तानी गर्न व्यवस्थापन पक्षले प्रतिबद्धता जनाएको छ ।

१५ दिनमा सहमति कार्यान्वयन गर्ने सहमति पत्रमा उल्लेख छ । सहमतिमा भनिएको छ, यो सहमती पत्र व्यवस्थापन पक्ष र निष्काशित पत्रकारहरुको तर्फबाट १५ दिन भित्र कार्यान्वयन गर्ने गराउने र महासंघको तर्फबाट घोषित सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिने सहमती भयो ।

सहमतिमा व्यवस्थापनको पक्षबाट मानव संसाधन प्रमुख अनिल गजुरेल र श्रमजीवी पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघ,कारोबार शाखाका निवर्तमान अध्यक्ष विपेन्द्र कार्की र सदस्य भुवन पौडेलले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !