३ आश्विन २०८१, बिहिबार

बागमती प्रदेश दुग्ध विकास बोर्डले सञ्चालन गर्ने पाउडर प्लान्टको शिलन्यास

प्रकाशित मिति :  31 December, 2020 2:04 pm


काठमाडौं । बागमती प्रदेश प्रदेश दुग्ध विकास बोर्डले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर- १० मा निर्माण गर्न लागेको दुग्ध पाउडर प्लान्टको शिलन्यास भएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले प्लान्टको शिलन्यास गरेका हुन् ।

प्रदेश सरकारको पूर्ण स्वामित्व रहने गरि प्लान्ट स्थापना हुन लागेको हो । प्लान्टलाई तीन वर्षभित्र पूर्ण सञ्चालनमा ल्याउने बोर्डले लक्ष्य राखेको छ ।

प्लान्ट स्थापनाका लागि ४५ करोड ५४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । डीडीसीले चलाईरहेको दाना कारखानाभित्र प्लान्ट स्थापना हुनेछ । डीडीसीले लिएको ८ विगाहा मध्य २ बिघामा प्लान्ट स्थापना हुने गरि शिलन्यास भएको छ । संघीय कृषि मन्त्रालय मातहत रहेको जग्गा डीडीसीले २५ वर्षका लागिएको लिजमा लिएको थियो । त्यस मध्य २ बिघा बोर्डले लिएको छ ।

शिलन्यास कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, हेटौंडा उप महानगरपालिकाका प्रमुख, प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष, प्रदेश नीति तथा योजना आयोगका सदस्य, सचिव ज्यू डा. मतिना जोशी बैद्य, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्लान्ट स्थापनाका लागि पशुपन्क्षी तथा मत्सय विकास केन्द्र हेटौडाले डीपीआर गरेको थियो । ४५ करोड ५४ लाख रुपैयाँ लागतको अनुमान गरिएको प्लान्टबाट दैनिक १५ सय मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य राखिएको बोर्डका कार्यकारी निर्देशक शत्रुधन साहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !