३ आश्विन २०८१, बिहिबार

संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिएको छैन : सभामुख सापकोटा

प्रकाशित मिति :  31 December, 2020 2:36 pm


काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको स्पष्ट पारेका छन् ।

चारवटा राजनीतिक दल आवद्ध महिला संघठन र सांसदहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सापकोटाले भने,”हाम्रो संविधानले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिएको छैन मैले यस अघि पुस ८ गते वक्तव्य मार्फत आफ्नो आधिकारीक धारणा सार्वजनिक गरिसकेको छु ।”

सभामुख सापकोटाले संविधानको रक्षा र देश र जनताको अधिकतम हितमा आफूसँधै समर्पित रहने प्रतिवद्धता व्यक्त गरे । उनले प्रतिनिधि सभा विघटनबारे आफूले समग्र पक्षसंग बृहत, विहंगम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेको बताए ।

सम्बन्धित समाचार

सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ : सभामुख सापकोटा



प्रतिक्रिया दिनुहोस !