५ आश्विन २०८१, शनिबार

इस्वी संवतको नयाँ वर्ष सन् २०२१ आजदेखि शुरु

प्रकाशित मिति :  1 January, 2021 8:03 am


काठमाडौं । इस्वी संवतको नयाँ वर्ष सन् २०२१ आजदेखि शुरु भएको छ । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा सो संवत् प्रचलनमा आएको हो ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ‘ग्रेगोरियन पात्रो’ भनिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

नेपालमा बैशाख १ गतेलाई नयाँ वर्ष मान्ने मौलिक प्रचलन भएपनि इस्वी संवतको नयाँ वर्षपनि खुशीयालीसहित मनाउने प्रचलन छ ।

 



प्रतिक्रिया दिनुहोस !