५ आश्विन २०८१, शनिबार

प्रदेश संसदीय समितिका सभापति चढ्ने गाडीमा आगजनी

प्रकाशित मिति :  1 January, 2021 11:42 am


सुर्खेत । कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ ।

जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ००४० नंको गाडीमा अगाजनी भएको हो ।

भेरी नगरपालिका–७ पुन्मा गए राति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर पूर्णरूपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको राससले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !