३ आश्विन २०८१, बिहिबार

नेकपा उपाध्यक्ष बामदेव गौतम अझै अलमलमा,प्रचण्डसँग डेढ घण्टा छलफल

प्रकाशित मिति :  1 January, 2021 12:13 pm


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनपछि पनि उपाध्यक्ष बामदेव गौतम अझै कतै लागेका छैनन् ।

देशभर ओली समूह र प्रचण्ड नेपाल समूहको छुट्टा छुट्टै अभियान चलिरहेका बेला बामदेव गौतम भने अझै खुल्न सकेका छैनन् । केन्द्रदेखि स्थानीय तहसम्म समेत कित्ता प्रष्ट भइसकेपनि उपाध्यक्ष गौतम अझै प्रष्ट हुन सकेका छ्रैनन् ।

यसैक्रममा आज प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार ललितपुरमा पुगेका छन् । बिहान साढे नौ बजेरतिर प्रचण्ड निवास गएका गौतम झण्डै डेढ घण्टा छलफलपछि फर्किएका छन् ।

यसअघि प्रचण्ड र माधवकुमार नेपालको गठबन्धनमा रहँदै आएका गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोमा बिमति जनाएका छन् । तर, गौतम प्रचण्ड र माधव समूहमा गएका छैनन् । गौतमले प्रचण्डसँग पटक पटक छलफल गर्दै आएका छन् ।

प्रचण्ड नेपाल समूहले गौतमलाई महत्वपूर्ण जिम्मेवारी लिएर आफ्नो समूहमा आउन आग्रह गरिरहेको छ । ओलीले पार्टी विभाजित नहुँदै गौतमलाई भावि प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !