३ आश्विन २०८१, बिहिबार

कृषि बजारीकरणका लागि तीन तहका बजार,छिट्टै लागू हुने

प्रकाशित मिति :  1 January, 2021 12:27 pm


काठमाडौं । कृषि तथा पशुपन्क्षी विकास मन्त्री पद्मा अर्यालले कृषि बजारीकरणका लागि तीन तहस्तरीय बजारको परिकल्पना गरिएको भन्दै छिट्टै लागू गर्ने बताएकी छन् ।

कृषकले उत्पादन गरेका वस्तुले बजार नपाउने समस्याको अन्त्य गर्न आफू भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहँदा सहकारीमार्फत सहकारी बजार विकास कार्यक्रममार्फत कृषि बजारहरु सञ्चालन गरिएको स्मरण गर्दै मन्त्री अर्यालले सरकारले केन्द्र, प्रदेश र स्थानीय ३ तहको बजारको परिकल्पना गरेको र छिट्टै लागू गरिने बताएकी हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कृषिमा यान्त्रिकिकरणको कार्यक्रम अगाडी बढाइएको बताउलै मन्त्री अर्यालले सरकारका कार्यक्रमहरुलाई सहयोग पुर्‍याउनेगरी विभिन्न संघसंस्थामार्फत गरिएको प्रयास सह्राहनीय रहेको उल्लेख गरिन् । थनेत प्लानेट फार्म प्रा.ली. थापागाउँ काठमाडौंको आज उद्घाटन गर्दै मन्त्री अर्यालल पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्ने बताइन् ।

उनले भनिन्,“अब सबै मान्छे श्रममा नजोडिइकन पूँजीको विकास गर्न सकिदैन । पूँजीको विकास गर्दै समाजवादमा जोडिने हो पूँजीको विकास गर्न सबै मान्छे श्रममा अनिवार्य रुपमा जोडिनुपर्छ ।”

श्रमलाई सम्मान गर्ने वातावरणको विकास गर्दै जानुपर्ने अहिलेको आवश्यकता भएको भन्दै उनले किसानलाई सम्मान नगर्ने हिजोको प्रचलनलाई बदलेर अब श्रमलाई सम्मान गर्ने प्रबृत्तिको विकास गर्नुपर्ने बताइन् ।

उनले भनिन्,“विगतमा श्रम गर्ने, खेतीकिसानी गर्ने मान्छेलाई सम्मान गर्ने प्रचलन हामीकहाँ थिएन । तर, अब त्यो सोच बदलौ । श्रम र श्रम गर्ने मान्छेलाई सम्मान    गरौं । श्रम गर्ने मान्छेलाई उत्साहित बनाउन सिकौं ।”

 



प्रतिक्रिया दिनुहोस !