३ आश्विन २०८१, बिहिबार

कांग्रेस वरिष्ठ नेता पौडेलको आक्रोश :ओली तानाशाह प्रवृत्ति हुन्, उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन्

प्रकाशित मिति :  3 January, 2021 8:38 am


फाईल फोटो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेका छन् ।

हिजो काठमाडौंमा भएको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभालाई कुहिएको छानो भनेपछि हिजो बेलुकी अबेर समाजिक सञ्चालमा कडा टिप्पणी गरेका हुन् ।

संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री के. पी. ओली तानाशाह प्रवृत्तिका भएको र प्रधानमन्त्री रहन योग्य नभएको समेत टिप्पणी गरेका छन् ।

उनले भनेका छन्,”प्रतिनिधिसभा लाई कुहिएको छानो भन्ने , संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री के. पी. ओली तानाशाह प्रवृत्ति    हुन् । उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन् ।”

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेसपनि त्यसको विरोधमा उत्रिएको छ । अदालतमा मुद्धा विचाराधिन रहेको भन्दै केन्द्रीकृत आन्दोलन नगरेपछि कांग्रेसपनि सडकमा आइसकेको छ ।

प्रतिनिधि सभा विघटन लगत्तै सत्तारुढ नेकपा विभाजनभएपछि एउटा समूहको नेतृत्व स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड-नेपाल पक्षले गरेको छ । यसैक्रममा हिजो ओलीले हिजो विघटित प्रतिनिधि सभामाथी कटाक्ष गरेपछि पौडेलले आक्रोश व्यक्त गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !