५ आश्विन २०८१, शनिबार

गोरु तस्करीको आरोपमा दाङबाट तीन जना भारतीय नागरिक पक्राउ

प्रकाशित मिति :  3 January, 2021 11:55 am


दाङ । गोरु तस्करीको आरोपमा दाङबाट तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

नेपाल-भारत सिमा नाका कोईलाबास नजिकैको दुर्गा सामुदायिक वनमा पर्ने अन्तरखाल खोलाबाट उनीहरुलाई पक्राउ गरिएको कोइलाबास प्रहरी चौकीका इन्चार्ज नन्दराम केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारत बलरामपुर जिल्लाको टहराका स्थानीय वर्ष ४२ का सुल्तान बन्जाडे, वर्ष २९ का रतिक बन्जाडे र वर्ष ४१ का अब्दुल अलि रहेका छन । उनीहरु हिजो बेलुकी ८ बजेतिर पक्राउ परेका थिए ।

उनीहरुले नेपाल ल्याउदै गरेका करिब ५०र६० वटाको संख्यामा रहेका गोरुहरुलाई भारत तर्फ फर्काएको र तस्करीमा संलग्नलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय गढवा ल्याईएको प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !