३ आश्विन २०८१, बिहिबार

संसद् विघटनको विषयमा सर्वोच्चलाई जवाफ दिँदै राष्ट्रपति कार्यालय

प्रकाशित मिति :  3 January, 2021 12:48 pm


काठमाडौं । प्रतिनिधि सभा विघटनको विषयमा राष्ट्रपति कार्यायले आज सर्वोच्चलाई लिखित जवाफ पेस गर्दै छ ।

संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै यही पुस १९ गते (आज) भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा राष्ट्रपतिका कार्यालयलाई भनेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् । संविधानमा बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएपछि ओलीले मन्त्रिपरिषद बैठकमार्फत् सिफारिस गरेका थिए। उक्त सिफारिसमाथि विचार गर्न सक्ने अधिकार राष्ट्रपतिलाई तत्काल अनुमोदन गरेलगत्तै प्रतिनिधि सभा विघटन भएको थियो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले यही पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

संसद विघटन भएसँगै त्यसको विरोधमा कानुन व्यवासायीद्धारा सर्वोच्च अदालतमा एक दर्जन रिट दायर भएका थिए ।



प्रतिक्रिया दिनुहोस !