४ आश्विन २०८१, शुक्रबार

कारोबारको सुरुवातीदेखिनै उकालो लागेको नेप्से सर्वाधिक उच्च विन्दुमा

प्रकाशित मिति :  3 January, 2021 1:58 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साताको कारोबारको पहिलो सुरुवातमै नयाँ किर्तीमान कायम गरेको छ ।

बजार शुरुभएसँगै उकालो यात्रा तय गरेको नेप्सेले यो समाचार तयार पर्दा सम्म रेकर्ड ब्रेक गर्दै ६६.३८ अंकले बढेर २१५३.६५को विन्दुमा पुगी अलटाइम हाइको रेकर्ड बनाएको छ ।

उता राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १३.०२ अंकको बढोत्तरीका साथ ४११.७२ को विन्दुमा उचाइमा पुगेको छ । यतिबेलासम्म ४ अर्ब बढीको सेयर किनबेच भइसकेको छ।



प्रतिक्रिया दिनुहोस !