४ आश्विन २०८१, शुक्रबार

नेप्सेमा प्रभु इन्सुरेन्सको कारोबार सुरु, सेयर किन्नेको भिड बेच्ने भने शून्य

प्रकाशित मिति :  3 January, 2021 3:10 pm


काठमाडौं । गत शुक्रबारदेखि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएको प्रभु इन्स्योरेन्सको आजदेखि खरिदबिक्री शुरु भएको छ ।

नेप्सेमा कारोबार सुरु भएको कम्पनीको सेयर खरिद गर्न खरिदकार्ताहरु झुम्मिदा एक जना पनि बिक्रेता भने देखियनन् । नेप्सेमा कम्पनीको २ करोड कित्ता सेयर सुचिकृत छ ।

अनलाइन कारोबारमा ३५ हजार भन्दा बढी कित्ताको माग हुँदा सेयर बिक्री शुन्य देखिएको थियो ।

पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीको सेयरलाई प्रतिकित्ता १०९.५६ रुपैयाँदेखि ३२८.६८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो भने कारोबार संकेत पीएलआई संकेत कोड प्रदान गरेको छ।

नेप्सेले तोकेको रेन्जभित्र १३७ रुपैयाँमा स्पेसल प्रिओपन सेसनमा कारोबार भएपछि यो कम्पनीको नियमित सेयर किनबेच खुलेको हो।



प्रतिक्रिया दिनुहोस !