५ आश्विन २०८१, शनिबार

काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा चलखेल भइरहेको भन्दै डा. गोविन्द के.सी.को आपत्ति

प्रकाशित मिति :  3 January, 2021 4:13 pm


फाईल फोटो

काठमाडौं । डा. गोविन्द के.सी.ले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा चलखेल भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

आज विज्ञप्ति जारी गर्दै डा.के.सी.ले समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागवण्डाको अन्त हुनुपर्ने मागसहित आफूहरु संघर्षमा रहेको स्मरण गराएका छन् ।

पछिल्लो सत्याग्रहपछि नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौता समेत भएको डा. के.सी.को भनाई छ । उनले आफ्नो विज्ञप्तिमा भनेका छन्,”काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भइरहेको चलखेलप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी लामो समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागवण्डाको अन्त हुनुपर्ने मागसहित संघर्षमा छौं । पछिल्लो सत्याग्रहपछि नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौता समेत भएको छ ।”

उनले सम्झौता भए बमोजिम नयाँ कानुन नबनुन्जेल वरिष्ठता तथा कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गर्न तथा भ्रष्ट र काठमाडौं विश्वविद्यालयका विवादित पदाधिकारीहरुलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

डा.गोविन्द के.सी. लामो समयदेखि चिकित्सा क्षेत्रको सुधारका लागि संघर्षरत छन् । डा. के.सी.ले पछिल्लो पटक भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए । पछि काठमाडौं आएपछि सरकारसँग सहमति भएको थियो । सरकारसँग सहमति भएपछि डा.के.सी.ले आफ्नो १९ औं आमरण अनशन २८ औं दिनमा असोज २५ गते तोडेका थिए ।



प्रतिक्रिया दिनुहोस !