२१ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री ओलीको निशानामा सभामुख सापकोटा,संसदीय प्रणालीको हुर्मत लिएको आरोप

प्रकाशित मिति :  3 January, 2021 4:50 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाप्रति आक्रोश व्यत्ति गरेका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा आफ्नो धारणा व्यक्त गर्दै आएका सभामुख सापकोटा विरुद्ध प्रधानमन्त्री ओलीले किर्तेको साछी बसेको र संसदीय प्रणालीको हुर्मत लिएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आफू निकट विद्यार्थीहरुको भेलामा आज बोल्दै प्रधानमन्त्री ओलीले आफूविरुद्ध संसद सचिवालयमा साढे १० बजे नै अविश्वासको प्रस्ताव दर्ता भएपनि झुट बोलिएको बताए । संसद सचिवालयले साढे ३ बजेको विज्ञप्ति निकालेको र सभामुखले केरमेट गरेर साढे ३ बजे बनाएको ओलीको आरोप थियो ।

प्रधानमन्त्री ओलीले भने,”सभामुख जस्तो मान्छेले केरमेट गरेर साढे ३ बजे बनाएको कुरालाई हो भन्ने ? सभामुख जस्तो मान्छे किर्ते कामको साक्षी बस्ने हो ?”

उनले सभामुखबाट संसदीय प्रणालीको हुर्मत लिइएको ओलीको आरोप छ । निर्वाचन आयोगले पार्टीको नाम र चुनाव चिन्हमा गरेको दाबी नपुगेको भन्दै निर्वाचन आयोगले फिर्ता पठाएको सही भएको ओलीको दाबी थियो । आयोगले ७ दिन भित्र अर्को निवेदन लिएर आउन भनेको भन्दै प्रधानमन्त्री ओलीले आफूलाई झुट बोलेको भनेर प्रचार गरिएको दाबी गरे ।

उनले केही मिडियाले जोड जोडले झुट कुरा बोलेको भनेर आफ्नो विरोधमा लागेको प्रधानमन्त्री ओलीको टिप्पणी थियो ।  सूर्य र पार्टीको नाम आफूहरुसँग नै हुने भन्दै प्रचण्ड नेपाल समूहलाई बैठक छोडेर हिडेको भन्दै प्रधानमन्त्री ओलीले टिप्पणी गरे । उनले प्रचण्डको कार्यकारी पद र नारायणकाजी श्रेष्ठको प्रवक्ताको पदबाहेक केही नहटाएको ओलीको भनाई छ । उनले भने,”आउनुस् ! पार्टीको मिटिङमा सबै अपराधहरु क्षमा गरिन्छ ।”

 



प्रतिक्रिया दिनुहोस !