२१ आश्विन २०८१, सोमबार

नेपाली कांग्रसद्धारा थप विरोधका कार्यक्रम सार्वजनिक, वडा तहसम्म प्रर्दशन गर्ने

प्रकाशित मिति :  3 January, 2021 9:12 pm


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दालनका कार्यक्रम सार्वजनिक गरेको छ ।

आज बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले बैठकले लोकतान्त्रिक मूल्य र मान्यता प्रतिकूल हुनेगरी भएका कार्यविरुद्ध भन्दै वडास्तरसम्म विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरेको हो । बैठकले यही पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने, आगामी माघ ३ गते देशैभरका ७५३ पालिकामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।

यसैगरी बैठकले माघ ८ गते देशैभरका ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको छ । उल्लेखित कार्यक्रमबाहेक जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रम आयोजना गर्न सक्ने उनको भनाई छ ।

पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाले पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी पार्टीले तोकेको कार्यक्रमबाहेक अन्य विरोधका कार्यक्रम गरिने पार्टी कार्यालयले जनाएको छ ।

बैठकले क्रियाशील सदस्यता विवरण बुझाउने मिति माघ मसान्तसम्म बैठकले पार्टीमा विलय भएका राजनीतिक दल र विभिन्न जिल्लामा अन्य राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका अन्य दलका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यको समायोजन सम्बन्धमा प्रक्रियामा रहेका क्रियाशील सदस्यताका नामावलीलाई समायोजन समितिले अन्तिम टुङ्गो गरे बमोजिम पारित गरेको छ ।

यसैगरी बैठकले क्रियाशील सदस्यता विवरण तोकिए बमोजिमको सदस्यता शुल्कसहित बुझाउने अन्तिम मिति आगामी माघ मसान्त तोकेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद सिटौला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस २७ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !