२१ आश्विन २०८१, सोमबार

पार्टीलाई व्यवस्थित बनाउन नेकपा प्रचण्ड-नेपाल समूहद्धारा १० सदस्यीय कार्यदल गठन

प्रकाशित मिति :  3 January, 2021 9:23 pm


फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल समूहले पार्टी भित्रको जिम्मेवारी टुंगो लगाउन र पार्टी एकताका थप काम गर्न कार्यदल गठन गरेको ।

आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत सदस्य रहेका छन्।

यसले पार्टी एकीकरणका बाँकी रहेका कामका साथै पार्टी विभाजनपछि रिक्त भएका ठाउँमा जिम्मेवारी प्रदान गर्न कार्यदल निर्माण गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा दुई समूह बनेका छन् । स्थायी कमिटी बैठक बोलीपनि बस्ने छ ।



प्रतिक्रिया दिनुहोस !