४ आश्विन २०८१, शुक्रबार

चीनद्धारा रक्षासम्बन्धि कानुनमा संसोधन, अन्तरीक्षसम्म सेनाको दायरा बढाइयो

प्रकाशित मिति :  4 January, 2021 9:07 am


काठमाडौ । चीनले राष्ट्रिय सुरक्षासम्बन्धि कानुनमा हेरफेर गरेको छ । कानुन हेरफेरसम्बन्धि आदेशमा राष्ट्रपति सी जिनपिंगले हस्ताक्षर गरेका छन् । कानुन संसोधनपछि केन्द्रीय सैन्य आयोगलाई राष्ट्रिय हितको रक्षाका लागि सेना तैनाथ गर्ने अत्यधिक शक्ति प्रदान गरिएको छ ।

आयोगको प्रमुख स्यवं राष्ट्रपति सी छन् । भारतीय मिडियाले चिनियाँ सरकारी माध्यमको समाचारमाथि टिप्पणी गर्दै चीनको नयाँ कानुन युद्धको तयारी तथा क्षमता बढाउनमा केन्द्रित रहेको उल्लेख गरेका छन् ।

नयाँ कानुन अनुसार जब सप्रभुता, एकता, क्षेत्रीय अखण्डता, सुरक्षा या विकासको हितमा खतरा भएको खण्डमा आयोगले राष्ट्रिय तथा स्थानीय तहमा सेना तैनाथ गर्न सक्ने छ । विकासको हितलाई नयाँ कानुनमा राष्टिय सुरक्षासँग जोडिएको छ ।

विशेषका अनुसार यो कानुनले चीनको आर्थिकत हित तथा विदेशमा समेत सम्पतिको सुरक्षाका लागि सेना तैनाथ हुन सक्ने छ । बेल्ट एण्ड रोड अभियान अन्तर्गतका योजनाको सम्पति सुरक्षाका लागि चीनले सेना तैनाथ गर्न खोजिएको अनुमान समेत विशेषज्ञको छ ।

रक्षासम्बन्धि कानुन संसोधन मार्फत चीनले सेनाको दायरा भौगोलिक सीमा, समुद्री सीमा तथा वायुक्षेत्रबाहिर इलेक्ट्रोमैग्नेटिक नेटवर्क तथा अन्तरिक्षसम्म बढाएको छ ।

विशेषज्ञका अनुसार कानुनमा गरिएको परिवर्तनले सैन्य आयोगसँग अत्यधिक शक्ति हुने छ । साथै यसअघि निर्णयको अधिकार जुन स्टेट काउन्सिल वा मन्त्रिपरिषदमा थियो त्यो पनि सैन्य आयोगसमक्ष हुनेछ । चीनले सेनाको आधुनिकरणको गति बढाउनका लागि कानुनमा हेरफेर गरेको हुनसक्ने बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

सन् २०१८ मा राष्ट्रपति सीले सैन्य क्षेत्रमा ठूलो हेरफेर गर्दै सेनाका कैयौ विभागहरु सैन्य आयोगको मातहत ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस !