२१ आश्विन २०८१, सोमबार

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

प्रकाशित मिति :  4 January, 2021 2:26 pm


काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । पुष्पकमल दाहाल पत्नीको उपचारका लागि मुम्बई हिडेपछि माधवकुमार नेपालको अध्यक्षतामा बैठक सुरु भएको छ ।

सोमबार आज पेरिसडाँडामा सुरु भएको बैठकमा विभिन्न आठ एजेण्डामा छलफल हुँदैछ । बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम र पार्टी विभाजनपछिको जिम्मेवारी बाँडफाटलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

त्यस्तै बैठकमा केपी ओली गुटको विभाजनकारी कदमले पारेका प्रभाव, प्रदेश सभा र सरकारबारे, प्रदेश तथा जिल्ला कमिटी, जनबर्गीय संगठन र मोर्चाका पदाधिकारीका सम्बन्धमा तथा पार्टी एकताको कार्यभार लगायतका विषयमा पनि छलफल भइरहेको छ ।

आइतबार बसेको स्थायी समिति बैठकले पार्टी एकीकरणका बाँकी कामका सम्बन्धमा र विभाजनपछि नेताहरुको जिम्मेवारी तोक्ने विषयमा निर्णय गर्नका लागि अध्यक्ष नेपालकै नेतृत्वमा १० सदस्यीय कार्यदल गठन गरेको थियो।

प्रचण्ड–नेपाल समूहको पुस ९ मा सम्पन्न स्थायी कमिटी बैठकले प्रचण्ड र माधव नेपाल आलोपालो अध्यक्ष हुने निर्णय गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !