४ आश्विन २०८१, शुक्रबार

अभियान लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा थापा चयन

प्रकाशित मिति :  4 January, 2021 5:37 pm


काठमाडौं ।  अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभाले बाबुराम थापाको अध्यक्षमा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

आज पनौती–४, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको साधारण सभाले अध्यक्षमा थापा र सञ्चालकमा भोजराज भट्टराई,भारती पाठक, प्रविण झा रहेका छन् । नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुने छ ।

जारी पूँजी २५ करोड रुपैयाँ रहेको यस संस्थाको चुक्ता पूँजी १५ करोड २५ लाख रहेको छ । विपन्न वर्ग तथा ग्रामीण क्षेत्रमा दीगो र भरपर्दो वित्तीय सेवा पुर्‍याई देशको गरीबी न्युनीकरणमा योगदान दिने मुख्य लक्ष्य बोकेको यस संस्थाले छोटो अवधिमा नै देशभरका ६ वटा प्रदेश अन्तरगत १९ जिल्लामा ३५ वटा शाखा मार्पmत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !