२१ आश्विन २०८१, सोमबार

मरेको मान्छे बिउँझन्छ भन्नु र संसदको पुनस्र्थापना हुन्छ भन्नू एउटै हो : उर्जा मन्त्री रायमाझी

प्रकाशित मिति :  4 January, 2021 6:31 pm


अर्घाखाँची । उर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनस्थापनाको सपना नदेख्न आग्रह गरेृका छन् । उनले मरेको मान्छे बिउँझन्छ भन्नु र संसदको पुनस्र्थापना हुन्छ भन्नू एउटै भएको भन्दै संसद पुस्थापना अब केवल दिवासप्ना मात्र भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको सन्धिखर्क नगर कमिटीद्वारा सन्धिखर्कमा आयोजित बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै रायमाझीले अब सरकारले तोकेको समयमै निर्वाचन हुने बताए ।

प्रचण्ड ,माधव समूहले एकताको मर्म बिपरित पार्टी भित्र चरम गुटबन्दी गरि पार्टी बिभाजनको अवस्थामा पुर्याएको आरोप लगाउँदै उनले पार्टी एकता बिरोधीहरुलाई कार्यकर्ता र जनताले बहिष्कार गर्ने बताए ।

पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टी भित्रै बाट सरकारलाई घेराबन्दीमा पारी काम गर्न नदिएको भन्दै उनले विभिन्न कठिना र अबरोधका बीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दाबी गरे । आफूहरुले पार्टी बिभाजन रोक्न भरमग्दुर प्रयास गरेपनि प्रचण्ड , नेपाल समूहको चरम पदलोलुपता ,बैचारिक बिचलन र अधर्यताका कारण पार्टी बिभाजन भएको उनको दाबी थियो ।

रायमाझीले अध्यक्ष प्रचण्ड र माधव समूहले बाह्य शक्तिको ईसारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लाई दुबै पद बाट हटाई मुलुकलाई अनिर्णयको बन्दी बनाउन ख‍ोजेको उल्लेख गर्दै उनीहरुको पदलोलुप चरित्र र निहित स्वार्थ मुलुकको बिकास र समृद्धिको निम्ति बाधक रेहेको जनताले समय आउँदा जवाफ दिने बताए ।

३३ बर्षसम्म प्रचण्डले आफै टिको लगाएर पार्टी अध्यक्ष बनेको र नेकपालाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गरेको उनले आरोप लगाए ।

उनले प्रचण्ड ,माधव र झलनाथका कारण पार्टी बिभाजन भएको दुखेसो पोख्दै अब पार्टीलाई रुपान्तरण सहितको ध्रुबिकरण गर्नुपर्नेमा जोड दिए । पुस ५ गते प्रतिनिधि सभा विघटनपछि पूर्वमाओवादी नेता रायमाझी ओली पक्षमा लगेका छन् र उर्जामन्त्री बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !