२१ आश्विन २०८१, सोमबार

प्रचण्ड-नेपाल समूहले लुम्बिनी प्रदेशका इन्चार्ज पोख्रेल र गण्डकी प्रदेश इन्चार्ज गुरुङलाई जिम्मेवारीबाट हटायो

प्रकाशित मिति :  4 January, 2021 6:43 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोख्रेललाई जिम्मेवारीबाट हटाएको छ ।

पेरिसडाँडामा बसेको बैठकले स्थायी कमिटी बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

लुम्बिनीमा युवराज ज्ञवालीले जिम्मेवारी पाएका छन् भने गण्डकीमा देवेन्द्र पौडेललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । गण्डकीमा सहइन्चार्ज तुलबहादुर गुरुङ र सचिवमा श्रीमाया थकालीलाई चयन गरेको छ । नेकपा विभाजनपछि पोख्रेल र गुरुङ ओली समूहमा छन् ।

बैठकले संसद् विघटन विरुद्धको केन्द्रीय संघर्ष समितिको सह(संयोजकमा नेताहरु योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !