७ कार्तिक २०८१, बुधबार

प्रचण्ड-नेपाल समूहको विद्यार्थी संगठनद्धारा थप संघर्षका कार्यक्रम घोषणा, बयलगाडा समेत प्रर्दशन गरिने

प्रकाशित मिति :  5 January, 2021 11:23 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको अनेरास्ववियूले प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनको घोषणा गरेको छ । अनेरास्ववियूले पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको एक हप्ते आन्दोलन घोषणा गरेको हो ।

घोषित आन्दोलन अनुसार आज संघीय मन्त्रीहरुलाई कालो झण्डा प्रर्दशन गर्ने, प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रर्दशन र कोण सभा गर्ने, पुस २२ गते उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन,सिठ्ठी र लाठी जुलुस प्रर्दशन गर्ने, पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन, पुस २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, पुस २५ गते असंवैधानिक कदम विरुद्ध सडक बहस कार्यक्रम, पुस २६ गते बयलगाडा प्रर्दशन, पुस २७ गते प्रतिगमन विरुद्ध सडक कविता,गीत,गजल कार्यक्रम, पुस २७ गते सडक नाटक,सडक आर्ट र पुस २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रर्दशन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

सह-संयोजक रञ्जित तामाङद्धारा जारी विज्ञप्तिमा शैक्षिक संघर्षका कार्यक्रम अन्तर्गत संघीय संसदबाट सर्वसम्मत रुपमा जारी गरिएको कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको नक्सामा भएको भूमि फिर्ता गर्न र उक्त भूमि सहित शिक्षा मन्त्रालयले प्रकाशित गरेको पाठ्यसामग्री तत्काल वितरण गर्न संघर्ष गर्ने, कक्षा ११ को पाठ्याक्रममा देखिएको अन्योलता तत्काल अन्त्य गर्न दबावमूलक कार्यक्रम सञ्चालन गर्ने भनिएको छ ।

त्यस्तै कोभिड १९ का कारण अवरुद्ध परीक्षा तत्काल सुरु गर्न र अनलाईन कक्षाको नाममा मनपरी ढंगले लिएको शुल्क खारेज गर्न आन्दोलन गरिने विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !