५ आश्विन २०८१, शनिबार

काठमाडौं उपत्यकासहित तराईका शहरमा वायु प्रदूषण उच्च,सरकारद्धारा चेतावनी जारी

प्रकाशित मिति :  5 January, 2021 5:05 pm


काठमाडौं । मौसममा बदलाव आएसँग काठमार्डौ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको छ ।

प्रदुषण बढेसँग सकारले चेतावनी समेत जारी गरेको छ । आज विज्ञप्ति जारी गर्दै वातावरण विभागले बिहान र बेलुकाको समयमा प्रदूषण अत्याधिक बढेको पाइएको जनाएको छ । यसले स्वास्थ्यमा नकारात्मक असर पर्नसक्ने भन्दै बालबालिका वृद्धवृद्धा एवं दम खोकी जस्ता श्वासप्रश्वास सम्बन्धि विरामी र मुटुका विरामीहरु ब्ढी प्रभावित हुने भएकाले घर बाहिर ननिस्कन र सबैले बाहिर स्किदा विशेष साबधानि अपनाउन अपिल गरेको छ ।

विभागले तराईका क्षेत्रका शहरहरुमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको जनाएको छ । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, काठमाडौ उपत्यका बाहेक तराई क्षेत्रका शहरहरु जस्तै नेपालगञ्ज, विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकाले तराइ क्षेत्रका नागरिकहरुलाई पनि विशेष सावधानी अपनाउन अनुरोध छ । ”

वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही समयसम्म प्रदूषण यस्तै रहन अथवा अझै खराब समेत हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन भनिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !