२१ आश्विन २०८१, सोमबार

पर्वत मोदी गाउँपालिकाको अनुदान कार्यक्रमलाई पारदर्शी बनाउन नयाँ तरिका

प्रकाशित मिति :  6 January, 2021 12:08 pm


पर्वत । पर्वतको मोदी गाउँपालिकाले अनुदान कार्यक्रमलाई पारदर्शी बनाउन नयाँ तरिका अपनाएको छ ।

गाउँपालिकाबाट जाने अनुदानका कार्यक्रमलाई पारदर्शी बनाउन अनुदान प्राप्त गरेका व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बरसहित फेलेक्स प्रिन्ट गरेर सम्बन्धित शाखामा टाँस्ने कार्यको सुरूवात गरेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले अनुदानको परदर्शिताका लागि नाम सार्वजनिक गर्ने निर्णय गरेको बताए । उनले लुम्बिनी सञ्चारसँग भने, “हामीले तयारी त अघिल्लो वर्षदेखि नै गरेका हौं तर सबै तयारी सुरु गरेपछि यसपटक भेटेरनरीको नाम प्रकाशित गरिसकेका छौं, कृषिको छापिने क्रममा छ र अब क्रमसः सबै छापिनेछन् ।”

स्थानीय पालिकामा जाने अनुदान दुरुपयोग भएको गुनासो आएका बेलामा मोदी गाउँपालिकाले भने अनुदान लिएर जाने व्यक्तिको सबै विवरण सार्वजनिक गर्न सुरु गरेको हो । गाउँपालिकाबाट वितरण हुने अनुदान लिएर जाने सबै ग्राहीको नाम अब सम्बन्धि शाखा कार्यालयहरुमा टासिने छ ।

अध्यक्ष पौडेलले भने,” कसले लग्यो के गर्यो भन्ने हुन्छ, सबै विवरण सार्वजनिक गरेपछि धेरै कुरा स्पष्ट हुने भयो ।”



प्रतिक्रिया दिनुहोस !