४ आश्विन २०८१, शुक्रबार

विश्व बैंकका अनुसार यसवर्ष नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत रहने

प्रकाशित मिति :  6 January, 2021 2:02 pm


काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । मंगलबार बैंकले सन २०२१ को पहिलो प्रतिवेदश ग्लोबल इकोनोमिक प्रस्पेक्ट सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो ।

यता सरकारले भने बजेटमार्फत चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशतका हाराहारीमा हुने दाबी गरेको छ । विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले बेहोर्दैछ । यस आवमा भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले नकारात्मक रहने छ । बंगलादेशको आर्थिक वृद्धिसमेत नकारात्मक रहने तथ्यांक विश्व बैंकको छ ।

यो वर्ष अमेरिकाले ५.४ प्रतिशत नेगेटिभ वृद्धिदर प्राप्त गरेको छ । सन् २०२१ मा भने उक्त मुलुकले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ । यूरोपले सन् २०२० मा ३.६ प्रतिशत ऋणात्मक वृद्धिदर प्राप्त गरेकोमा यो वर्ष ३.५ प्रतिशत वृद्धिदर प्राप्त गर्ने भएको छ ।

चीन भने अघिल्लो वर्ष र यो वर्ष दुबैमा सकारात्मक वृद्धिदर कायम गर्न सफल भएको छ । चीनले सन् २०२० मा २ प्रतिशत र सन् २०२१ मा ७.९ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !