प्रेस काउन्सिलद्धारा संचारमाध्यामलाई जिम्मेवार बन्न आग्रह
प्रकाशित मिति : 6 January, 2021 3:04 pm
काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो समय विभिन्न मिडियाको समाचारमा मर्यादित प्रेसको भावना नदेखिएको भन्दै पत्रकार आचारसंहिता बाहिर रहेर पत्रकारिता नगर्न आग्रह गरेको छ ।
बुधबार काउन्सिलले एक अपिल जारी गर्दै काउन्सिलले सञ्चारमाध्यमलाई जिम्मेवार बन्न आग्रह गर्दै समाचारमा सभ्य, मर्यादित र शिष्ट भाषाको प्रयोग गर्न अपिल गरेको छ ।
पछिल्लो समयमासत्तारुढ दल नेकपामा देखिएको राजनीतिक विभाजनको असर मिडियामा पनि देखिएको र समाचार तयारु गर्दा गालीगलौज तथा एकअर्काको व्यक्तित्व र आत्मसम्मानको समेत ख्याल नगरिएको भन्दै ध्यान दिन अपिल गरेको छ । अमर्यादित र छाडा शब्दहरु कोही कसैलाई उधृत गरेरसमेत प्रयोग नगर्न उसले अपिल गरेको हो ।