२१ आश्विन २०८१, सोमबार

ओली समूहमा रहेका सदूरपश्चिका आर्थिक मामिला मन्त्री बोहराबाट राजीनामा

प्रकाशित मिति :  6 January, 2021 4:39 pm


कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।

मन्त्रालयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् । विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको बोहोराको दाबी छ ।

ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई केही समय पहिले मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए तर बोहोरालाई भने हटाएका थिएनन् ।

तत्कालीन  बाम गठनबन्धका उम्मेदवार बनेका बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले फागुन ५ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए। बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ बाट निर्वाचित भएका थिए।



प्रतिक्रिया दिनुहोस !