४ आश्विन २०८१, शुक्रबार

अमेरिकी संसदमा ट्रम्प समर्थकद्धारा तोडफोडका क्रममा एकको मृत्यु, ५ बन्दुकसहित १३ जना पक्राउ

प्रकाशित मिति :  7 January, 2021 7:33 am


काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक संसद भवन छिरेर तोडफोड सुरु गरेपछि प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको छ। मृतक महिलाको पहिचान अझै नखुलेपनि उनी सर्वसाधारण भएको प्रहरीको भनाई छ ।

नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न संसद बसिरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेर तोडफोड सुरु गरेका थिए ।

उनीहरुले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भनिरहेका थिए । हिंसात्मक घटनामा संलग्न १३ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ५ वटा बन्दुक समेत बारमत भएको बीबीसीले जनाएको छ । घटनमा प्रहरीपनि घाइते भएका छन् र उनीहरुको उपचार चलिरहेको छ ।

भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लिएका थिए। राष्ट्रपति ट्रम्पले केही समयपछि भीडलाई शान्त पार्न नेशनल गार्डलाई परिचालन गर्न आदेश दिएका छन्। उनले भीडलाई शान्त रहन पनि आग्रह गरेका छन्।

वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन्। बाइडेन राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने प्रक्रिया केही समयका लागि स्थगित भएको छ।

नेशनल गार्ड्सका प्रवक्ताले झण्डै २,७०० सैनिक राजधानीमा तैनाथ गरिएको छ र थप ६५० सैनिक बोलाइएको छ । नेशनल गार्ड्स तैनाथीपछि भिड हट्न सुरु गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !