४ आश्विन २०८१, शुक्रबार

प्रतितोला १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रकाशित मिति :  7 January, 2021 12:03 pm


काठमाडौं । नेपाली बजारमा केही दिन यता उकालो लागेको छापावाल सुनको मूल्य फेरी घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेर तोलाको ९५ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँल बढेर छापावाला सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !