५ आश्विन २०८१, शनिबार

रुपन्देहीमा भएको दुर्घटनामा २ जनाको मृत्यु

प्रकाशित मिति :  7 January, 2021 3:03 pm


रुपन्देही ।  रुपन्देहीको रोहिणीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

भैरहवा–परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणी–३ रामनगरस्थित भैरहवाबाट परासीतर्फ जाँदै गरेको लु २ च २८४२ नम्बरको बोलेरो पिकअप जीपले विपरित दिशाबाट आउँदै गरेका दुई मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा लु ३७ प ६७९८ नम्बरको मोटरसाइकल पछाडि सवार स्याङ्जा गल्याङ्ग नगरपालिका खरीपानीका ३० वर्षीय गणेश अधिकारी र लु २१ प ७८११ नं।को मोटरसाईकल चालक देवदह नगरपालिका कदमीपुरका २३ वर्षीय असिम चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले अधिकारीको भैरहवा मेडिकल कलेज र चौधरीको भीम अस्पताल भैरहवामा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा घाइते भएका पश्चिम नवलपरासी सुनवलका २८ वर्षीय बिमल गैरे र देवदह कदमपुरकी २५ बर्षीय रमिता चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको  छ ।



प्रतिक्रिया दिनुहोस !