५ आश्विन २०८१, शनिबार

मालपोत कार्यालयका नायव सुब्बा र लेखापढी व्यवसायी घुस लिएको भन्दै अख्तियारद्धारा पक्राउ

प्रकाशित मिति :  7 January, 2021 3:32 pm


काठमाडौं । मालपोत कार्यालय हरिवन, सर्लाहीका नायव सुब्बा बेदनिधी बराल र हरिवन नगरपालिका वडा नं.२ सर्लाहीका लेखापढी व्यवसायी राम सुन्दर महतो घुस रकमसहित पक्राउ परेका छन् ।

जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको उजुरीपछि अख्तियारको टोलीले बराल र महतेलाई आज पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले लेखापढी व्यवसायी राम सुन्दर महतोलाई सेवाग्राहीबाट रु.११,००० अतिरिक्त रकम लिइसकेको अवस्थामा पक्राउ गरेको र नायब सुब्बा बरालसमेतलाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिएको अ्रवक्ता तारानाथ अधिकारीले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !